बेस्ट फाइनान्समा विवाद, अध्यक्षलाई हटाउने तयारी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बेस्ट फाइनान्समा विवाद, अध्यक्षलाई हटाउने तयारी

अध्यक्ष भन्छन्- अविस्वासको प्रस्ताव सामना गर्छु

 

२३ कात्तिक, काठमाडौं । बेष्ट फाइनान्सको सञ्चालक समितिमा विवाद सिर्जना भएको छ । संस्थाका अध्यक्ष अमिरध्वज प्रधानले एकलौटी निर्णय गरेको भन्दै ३ जना सञ्चालकहरुले अध्यक्षलाई नै हटाउने गरी तयारी सुरु गरेका छन् ।

सञ्चालक समितिमा बहुमत पुर्‍याएर अविश्वासको प्रस्ताव लैजाने केही सञ्चालकहरुले तयारी सुरु गरेका छन् । आगामी सञ्चालक समिति बैठकमा उक्त प्रस्ताव लैजाने सञ्चालकहरुले तयारी गरेका हुन् ।

‘अध्यक्षज्यूले निर्णयहरु एकलौटी गर्नुभयो, उहाँको नेतृत्वमा सधै संस्था अघि बढ्न नसक्ला’ एक सञ्चालक भन्छन्, ‘यसकारण पनि अविस्वासको प्रस्ताव लैजानै पर्ने भयो, तर अझै थोरै समय छ वहाँ सच्चिनुभयो भने समस्या समाधान हुन्छ ।’

संस्थाको सञ्चालक समितिमा अध्यक्ष प्रधानसहित ६ जना रहेका छन् । संस्थाको सञ्चालकहरुमा कृष्णहरी श्रेष्ठ, मिलन थापा, सुरज क्षेत्री, दीपक ढकाल र विमलप्रसाद ढकाल रहेका छन् । नेपाल राष्ट्र बैंकले निरीक्षण गरी संस्थामा केहि कैफियतहरु देखाएको छ ।

संस्थाका अध्यक्ष प्रधानकाअनुसार राष्ट्र बैंकले दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न १३ कात्तिकमा ५०६ औं बैठक बोलाइएको थियो । त्यस बैठकमा बहुमत सदस्यहरु उपस्थित भएनन् । बैठकमा ३ जना सञ्चालकहरु उपस्थित भएनन् । ...

Read More
  • MBL