नेपाली बैंकले चीनमा जिते एक अर्ब ५६ करोडको मुद्दा



Online Khabar

२१ कात्तिक, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकले चीनको अदालतमा लडिरहेको अन्तर्राष्ट्रिय ठेक्कको पेश्की र ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेका छन् । नेपाली बैंकहरुले मुद्दा जितेको जानकारी बेइजिङबाट प्राप्त भएको बरिष्ठ अधिवक्ता डा.गान्धी पण्डितले अनलाइनखबरलाई बताए ।

उक्त प्रकरणमा कानूनी सेवा प्रदान गरिरहेका पण्डितले चीनको जनअदालतमा नेपाली बैंकको तर्फबाट दर्ता भएको पुनरावेदन मुद्दा जितेको बताए । पण्डितसहित बरिष्ठ अधिवक्ता शैलेन्द्र दाहालले यो मुद्दामा बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकको पक्षमा  बहस पैरवी गरेका थिए ।

मेलम्ची खानेपानी परियोजनामा बैंक ग्यारेन्टी बसेबापत बैंक अफ काठमाण्डूको ९० करोड र हिमालयन बैंकको ६६ करोड गरी एक अर्ब ५६ करोड रुपैयाँ आठ वर्षदेखि फसेको थियो ।

‘मेलम्ची खानेपानी परियोजनाको ठेक्का प्रकरणमा चाइना रेल्वे १५ ब्यूरो नामक चिनियाँ कन्स्ट्रकसन कम्पनीले फसाएको दुई बैंकको पैसा आउने गरी निर्णय आएको छ, अब बैंकहरुले पैसा पाउने छन्’ वरिष्ठ अधिवक्ता पण्डितले भने ।

आठ वर्षदेखि फसेको बैंकहरुको पैसा फिर्ता पाउने निर्णयले अन्तर्राष्ट्रिय ठेक्का प्रणालीमा नेपालमाथि लागेको आरोपहरुको खण्डन भएको पनि पण्डितले बताए ।

यी दुवै बैंकले चैत ०६५ मा मेलम्ची आयोजनामा काम गर्न ठेक्का पाएको चिनियाँ ठेकदारका लागि काउन्टर ग्यारेन्टी बसेका थिए ।

चाइना रेल्वे १५ ब्युरोले चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसनबाट मेलम्ची खानेपानी आयोजनाको पर्फर्मेन्स ग्यारेन्टीको काउन्टर ल्याएको थियो ।

तर, सुरुङमार्ग निर्माणमा ढिलाइ भएको भन्दै सरकारले ०६९ असोज ९ मा चाइना रेल्वेसँग ठेक्का तोड्यो । त्यसपछि अदालतबाट मुद्दा जितेरै ०७२ जेठ १ मा सरकारले दुबै बैंकमा चिनियाँ कम्पनीले राखेको जमानत जफत गर्‍यो । बैंक अफ काठमान्डूबाट १४ लाख युरो र ६६ लाख अमेरिकन डलर (करिब ८४ करोड रुपैयाँ) एड्भान्स पेमेन्ट ग्यारेन्टी तथा हिमालयन बैंकबाट ६६ लाख डलर (करिब ६६ करोड रुपैयाँ) पर्फमेन्स ग्यारेन्टी जफत भयो । ...

Read More
  • Financial Notices