गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ ।कम्पनीको ५.२५ प्रतिशतमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको मूल्य ५७६.७२ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ६०७ रुपैयाँ थियो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज कार्तिक २० गतेदेखि बुक क्लोज गरेकोले मूल्य समायोजन भएको हो । कार्तिक १९ गतेसम्म अकायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । कम्पनीले मङ्सिर ४ गते तिनकुने स्थित आफ्नै प्रधान कार्यालयमा सभा आह्वान गरेको छ ।

Read More
  • EBL