महिला सामुदायिक र जाल्पा लघुवित्त मर्जरमा, अब राष्ट्रिय स्तरको कारोबार गर्ने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
महिला सामुदायिक र जाल्पा लघुवित्त मर्जरमा, अब राष्ट्रिय स्तरको कारोबार गर्ने

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेड र जाल्पा लघुवित्त वित्तीय संस्था लिमीटेड मर्जर भएर राष्ट्रिय स्तरको वित्तीय संस्था बनेको छ । घोराही दाङमा केन्द्रिय कार्यालय रहेर सेवा प्रवाह गरिरहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेड र पोखरा कास्कीमा केन्द्रिय कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्था लिमीटेडको मर्जर भएको हो । नेपाल राष्ट्र बैंकले दुई लघुवित्तको मर्जरको अन्तीम स्वीकृती पत्र आईतवार प्रदान गरेको छ । मर्जरसँगै लघुवित्तको नाम जाल्पा सामुदायिक सघुवित्त वित्तीय संस्था लिमीटेड रहने छ ।

मर्जरसँगै घ वर्गको राष्ट्रिय स्तरको कारोबार हुने छ । मर्जरसँगै लघुवित्तको केन्द्रिय कार्यालय बुटलमा रहने छ भने क्षेत्रीय कार्यालय दाङ र पोखरामा रहने महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिनुभयो । महिला सामुदायिक र जाल्पा लघुवित्तको मर्जरसँगै ५७ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्ने छ । दुबै लघुवित्तको लगानीमा रहिरहेको ऋण रकम ३ अर्ब २२ करोड र बचत २ अर्ब रहेको छ ।

Read More
  • MBL