लघुउद्यम विकास कार्यक्रम निर्देशिका स्वीकृत


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लघुउद्यम विकास कार्यक्रम निर्देशिका स्वीकृत

काठमाडौँ, कात्तिक ६ गते । स्थानीय स्तरबाटै उद्यमशीलताको प्रवद्र्धन गर्नेगरी सरकारले सञ्चालन गर्न खोजेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्न स्थानीय निकायलाई बाटो खुलेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको यो कार्यक्रम सञ्चालनका लागि सोमबारको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।
निर्देशिका स्वीकृत भएसँगै देशभरका ७५३ वटै स्थानीय निकायले ससर्त अनुदान पाउने गरी यो कार्यक्रम सञ्चालन गर्न पाउने भएका हुन् । विभिन्न नगरपालिका तथा कार्यपालिकाले चालू आर्थिक वर्ष २०७७÷७८ को सुरुवातदेखि नै यो तालिम तथा जागरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिसकेको भए पनि निर्देशिकाका अभावमा काम रोकिएको थियो ।
कतिपयले त आफ्नै पहलमा यस्ता कार्यक्रम सञ्चालन गर्नसमेत लागेका थिए तर मन्त्रालयले निर्देशिका प्राप्त नहुँदै कार्यक्रम सुरु नगर्न सबै स्थानीय निकायलाई पत्राचारसमेत गरेको थियो । स्थानीय स्तरमा नै जनतालाई विभिन्न खाले उद्यमशीलतातर्पm आकर्षित गर्ने सरकारको नीतिअनुरूप यो कार्यक्रम सञ्चालन हुन लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो । ...

Read More
  • MBL