बढ्दो लयमा सेयर बजार, ३ महिनामा ३ खर्ब ४२ अर्बले बढ्यो पुँजी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बढ्दो लयमा सेयर बजार, ३ महिनामा ३ खर्ब ४२ अर्बले बढ्यो पुँजी

६ कात्तिक, काठमाडौं ।  सेयर बजारको पुँजीकरण पछिल्लो समय वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्षको २ महिना अर्थात भदौ मसान्तमा सेयर बजारको पुँजीकरण २ खर्ब ५७ अर्ब रुपैयाँले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०७७ असार मसान्तमा सेयर बजारको बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड थियो । यो बढेर भदौ मसान्तमा २० खर्ब ४९ अर्ब २८ करोड पुगेको राष्ट्र बैंकले बताएको छ ।

त्यसपछि पनि सेयर बजारको पुँजीकरण निरन्तर बढीरहेको छ । ५ कात्तिकसम्मको तथ्यांक हेर्ने हो भने सेयर बजारको पुँजीकरण २१ खर्ब ३४ अर्ब ४३ करोड रुपैयाँभन्दा माथि छ । अर्थात् पछिल्लो तीन महिनामा ३ खर्ब ४२ अर्ब रुपैयाँ भन्दा धेरैले सेयर बजारको पुँजीकरण वृद्धि भएको छ ।

सेयर बजार पुँजीकरणमात्रै होइन सेयर कारोबार मापक नेप्से परिसूचकसमेत वृद्धि हुँदै गएको छ । तीन महिनाको अवधीमा नेप्से परिसूचक राम्रै सुधार भएको छ । २०७६ भदौ मसान्तमा ११५०.७ रहेको नेप्से सूचकांक २०७७ भदौ मसान्तमा १५४१.४ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकांक १३६२.४ थियो ।

बैंकको हिस्सामात्रै ७५ प्रतिशत २०७७ भदौमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१० रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत्त कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ७५.८ प्रतिशत रहेको छ । ...

Read More
  • MBL