सम्वेदनशील सूचना लुकाएको आरोपमा नेप्सले माग्यो सिटिजन्स बैंकसँग स्पष्टीकरण



Mero Lagani

सम्वेदनशील सूचना लुकाएको आरोपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिटिजन्स बैंकसँग स्पष्टिकरण मागेको छ ।

नेप्सेले शेयर कारोबार भइरहेको समयमा लाभांश प्रस्ताव गरेको र त्यसले बजारमा असर पारेको भन्दै स्पष्टिकरण बैंकसँग सोधेको हो ।

बैंकले लाभांश घोषणा सम्बन्धी सूचना शेयर कारोबार चलिरहेको समयमा बुझाएको, सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नगरी पत्र पठाएको लगायत विषयमा सिटिजन्ससँग स्पष्टिकरण सोधेको हो । उक्त स्पष्टिकरणको उत्तर ३ कार्यदिन भित्र पेश गर्न नेप्सेले भनेको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) घ अनुसार धितोपत्र मूल्यमा असर पर्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नै त्यस्तो सूचना जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ । तर बैंकले त्यस्तो सूचनाको जानकारी कारोबार चलिरहेको बेला नेप्सेलाई गराएको आरोप नेप्सेले लगाएको छ । ...

Read More
  • Financial Notices