कोरोना वीमामा दोहोरो दावी पर्न थालेपछि छानवीन हुने,निजी ल्यावकाे रिपाेर्ट मन्त्रालय पठाइने



Mero Lagani

कोरोना बिमाको एकै व्यक्तिले दोहोर्‍याएर भुक्तानी नपाउने भएका छन्। बिमा समितिले त्यस्तो भुक्तानीमा रोक लगाएको कारण उनीहरूले दोहोर्‍याएर भुक्तानी नपाउने भएका हुन्।

सङ्क्रमित भए लगत्तै एक लाख रुपैयाँ पाउने भएपछि एकै व्यक्तिले धेरै वटा कोरोना बिमा गर्ने गरेको भेटिएको छ। उनीहरूले भिन्न भिन्न बिमा कम्पनी मार्फत उक्त बिमा लेख खरिद गरेको भेटिएको हो। उनीहरूले लेख मात्रै खरिद गरेका छैनन्,खरिद गरिएका सबै लेखको भुक्तानी दावी कोलागि निवेदन समेत गरेका छन्। सङ्क्रमण भएको एउटै प्रमाण सबै बिमा दाबी भुक्तानीको निवेदनमा संलग्न गरेको पाइएको छ। जसलाई छुट्टाउने काम भइरहेको समितिले जानकारी दिएको छ।

समितिले दाबी भुक्तानीको छानबिनकालागि समितिकै वरिष्ठ अधिकारीको संयोजकत्वमा एक छानबिन कमिटी बनाएको छ। उक्त कमिटीले परेको निवेदनको छानबिन गरिरहेको हो। समितिले निजी ल्याबमा गरिएको परीक्षण ठिक हो याँ होइन भनी यकिन गर्ने कार्य गरिरहेको छ। सोही यकिन गर्ने क्रममा एकै व्यक्तिका दोहोरो तेहेरो निवेदन समेत कमिटीले प्राप्त गरेको हो।...

Read More
  • Financial Notices