बैंकहरुले सार्वजनिक गरे स्थिर ब्याजदर, अब कुनमा कति ?



Nepali Paisa

काठमाडौं : इतिहासमै पहिलोपटक बैंकहरुले कर्जाको ब्याजदर स्थिर राखेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागू गरी हुने बैंकहरूले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर तोकेका हुन् । केन्द्रीय बैंकको निर्देशन अनुसार अधिकांश बैंकहरुले स्थिर ब्याजदर सूची सार्वजनिक गरेका छन् । केही बैंकहरुले स्थिर ब्याजदरका लागि निश्चित प्रतिशत नै तोकेका छन् ।

केही बैंकले स्थिर ब्याजदरमा समेत बेस रेटका आधारमा निश्चित प्रिमियम थप गर्ने जनाएका छन् । तथापि, आधारदर परिवर्तन हुने भएकाले यसलाई स्थिर ब्याजदर भन्ने कि नभन्ने अझै अन्यौलता छ । अधिकांश बैंकहरूले सेयर कर्जा, घर कर्जा, सवारी कर्जा र शैक्षिक कर्जामा ८.५०% देखि १५% ब्याजदर निर्धारण गरेका छन् । केन्द्रीय बैंकले १ वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरूको ब्याजदर परिवर्तन नहुने गरी स्थिर राख्न निर्देशन दिएको छ ।

तथापि, ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधारदर परिवर्तन हुँदा ब्याज पनि परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा यस्तो सुविधा समेत दिन भनिएको छ । बैंकहरुले स्थिर ब्याजदर सहितको सूची प्रकाशित गरेका छन् । हेरौं, कुन–कुन बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर ?

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले हायर पर्चेज कर्जा ५ वर्षका लागि साढे ९.५०%, घर कर्जाका लागि ९% देखि ११% ब्याजदर, व्यक्तिगत कर्जाको ब्याजदर १०% देखि ११% सम्म तोकिएको छ । बैंकको असार मसान्तसम्मको आधारदर ५.८०% रहेको छ । बैंकले सम्बन्धित त्रैमास भित्रै ब्याज भुक्तान गरेमा ०.५०% छुट हुने जनाएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६% देखि ७.२५% सम्म ब्याजदर तोकेको छ भने संस्थागततर्फ ५% देखि ६.५०% सम्म ब्याजदर छ । त्यसैगरी, बचततर्फ न्यूनतम ३% देखि अधिकतम ५% सम्म ब्याजदर तोकिएको छ । 

हिमालयन बैंक

हिमालयन बैंकले बचत र कर्जाको ब्याजदर सार्वजनिक गरेको छ । स्थिर ब्याजदरका लागि बैंकबाट घर कर्जा लिंदा न्यूनतम ९.९९% देखि १२.४९% सम्म ब्याजदर निर्धारण गरेको छ । बैंकबाट शैक्षिक धितो कर्जामा ९.९९% देखि १०.९९% सम्म ब्याज लाग्ने छ । व्यक्तिगत कर्जा ९.९९% सम्म रहेको छ । असार मसान्तसम्म बैंकको आधार दर ८.३८% रहेको छ । बैंकका अनुसार व्यक्तिगत निक्षेपमा अधिकतम ९% र न्यूनतम ३% ब्याजदर दिन्छ । यस्तै, बचतमा न्यूनतम ०.२५% देखि ४% सम्म रहेको छ ।

स्ट्यान्डर्ड चार्टड बैंक 

व्यक्तिगत कर्जा ५ वर्ष सम्मका लागि १३% ब्याजदर, सवारीसाधन कर्जा १०.७५% देखि ११.७५% सम्म, घर कर्जा १०.७५% देखि १३.७५% सम्म (५ देखि १० वर्ष सम्मको) ब्याज दर निर्धारण गरेको छ । यसको असार मसान्तसम्मको आधार दर ७% रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक ...

Read More
  • Financial Notices