पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !



Online Khabar

४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीले खाममा हजारका नोटहरु हालेर ‘शशांक दाइले पठाउनुभएको’ भन्दै बाँड्दै हिँडेका हुन् ।

मंगलबार दिउँसो अनलाइनखबरकर्मीलाई तिवारीको फोन आयो । उनले अनलाइनखबरमा कार्यरत सञ्चारकर्मीलाई भेट्न बोलाए ।

कोरोनाको जोखिमका कारण बाहिर भेटघाट बन्द गरेको बताएपछि तिवारीले ‘दाइले केही सामान पठाउनुभएको छ, कसैलाई पठाइदिए हुन्छ’ भने । र, कार्यालय नजिकै आएका तिवारीले कार्यालय सहयोगीलाई बन्द खाम थमाए, जसमा १५ हजार रुपैयाँ (हजारका १५ वटा नोट) रहेछ ।

कार्यालय सहयोगीले ल्याएको खाममा कुनै कागजात पो छ कि भनेर खोलेर हेरेपछि लगत्तै अनलाइनबरकर्मी राजकुमार श्रेष्ठले तिवारीलाई फोन गरे । खाममा १५ हजार रुपैयाँ भेटिएको बताउँदै यो कसले पठाएको भनेर श्रेष्ठले दोहोर्‍याएर सोधे । तिवारीले ‘महामन्त्री शशांक दाइले दसैंका लागि पठाउनुभएको’ जवाफ दिए । ...

Read More
  • Financial Notices