प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रोल्पाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा २१० औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको लिवाङ शाखा कार्यालयको रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीले उद्घाटन गरे ।

शाखाका उद्घाटन गदैं मेयर केसीले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । उनले प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यतm गरे । 

Read More
  • MBL