खसीबोकाको मूल्य किलोकाे ५५० तोकियो, घाटा व्यहोरेर बिक्री गरिदै


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
खसीबोकाको मूल्य किलोकाे ५५० तोकियो, घाटा व्यहोरेर बिक्री गरिदै

काठमाडौं, कात्तिक ३ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोकाको बिक्री मूल्य निर्धारण गरेको छ । बिगतका बर्षहरुमा च्याग्रा समेत बिक्री गर्ने कम्पनीले यो बर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागिय प्रमुख श्रीमणिराज खनालले आइतबार बसेको बैठकले जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५०रुपियाँ कायम गरेको जानकारी दिनुभयो । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम)बाट खसी, बोको बिक्री शुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको समन्वयमा ती खसी, बाकाको मूल्य निर्धारण गरिएको हो ।
सरकारले दशैँका समयमा उपभोक्तालाई थोरै भए पनि राहत दिन विगतमा झै यसपटक पनि खसी, बोका बिक्री गरेको हो । सरकारी मूल्य निर्धारणले बजारमा मूल्य हस्तक्षेप गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ ।


यो बर्ष पहिलो चरणमा एक हजार सात ओटा खसी बोकाको बिक्री गर्ने तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गरेको छ । यसवर्षका लागि कम्पनीले काठमाडौँ उपत्यकामा पहिलो चरणमा एक हजार सातको संख्यामा खसी, बोका बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि सोमबारसम्ममा ४०५ ओटा खसी बोका काठमाडौ ल्याइ सकिएको छ । दाङबाट ६०० र हेटौडाबाट ४०० खसी बोकामभ्ये चार सयवटा काठमाडौं आइसकेका छन् । मागको आधारमा थप खसी बोका समेत बिक्री गरिने उहाँले बताउनुभयो ।

Read More
  • EBL