कस्तो आउला वाणिज्य बैंकहरुको पहिलो त्रैमासिक वित्तीय विवरण?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कस्तो आउला वाणिज्य बैंकहरुको पहिलो त्रैमासिक वित्तीय विवरण?

कोरोना भाइरसको महामारीले समग्र विश्वको अर्थव्यवस्थालाई तहसनहस बनाएको छ। यसको प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि देखिएको छ। यस्तो अवस्थामा पहिलो त्रैमासको अन्त्यसँगै शेयर बजारका लगानीकर्ताहरु सूचीकृत कम्पनीहरुको वित्तीय विवरण कस्तो आउँला भन्ने चर्चा परिचर्चा गर्न थालेका छन्। 

 

असोज मसान्त सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले पहिलो त्रैमासको आफ्नो प्रगति विवरण प्रकाशन गर्ने क्रम शुरु हुन्छ। यद्यपी पछिल्लो समय कोरोना तीव्र रुपमा फैलिएसँगै सरकारले विभिन्न समयमा जारी गरेको लकडाउन, निषेधाज्ञा र विभिन्न ठाउँमा गरिएको सीलका कारण समग्र देशको व्यापार व्यवसाय लगायत समग्र आर्थिक गतिविधि सुस्त भएको छ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय अवस्थालाई हेर्ने हो भने समग्रमा आम्दानी घट्ने जस्तो देखिएको वाणिज्य बैंकहरुको छाता संस्था, नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष भुवन दाहाल बताउँछन्।

‘अहिले बैंकहरुबीच प्रतिस्पर्धा बढेको छ। प्रतिस्पर्धा बढेसँगै बैंकहरुको समग्रमा ब्याजदर अन्तर एकदमै घटेको अवस्था छ। ब्याजदर अन्तर घट्नु भनेको खुद ब्याज आम्दानी घट्नु हो,’ सानिमा बैंकका सिईओ समेत रहेको दहाल बताउँछन्।

यसैगरी, प्रतिस्पर्धा बढेकाले फी इनकम, कमिशन इनकममा पनि बैंकहरुमा मार्जिन साँघुरिदैँ गएको छ। त्यसले गर्दा समग्रमा बैंकहरुको आम्दानी घटेको दाहालको भनाई छ। ...

Read More
  • MBL