१३ सय रुपैयाँ पनि छोड्दैनन् माननीयहरु !



Online Khabar

२ कात्तिक, काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुलाई स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने गर्छ ।

सचिवालयका सहसचिव एवं सांसद सुविधा व्यवस्थापन महाशाखा प्रमुख हृदयराम मर्हजनका अनुसार ऐनले सांसदहरुलाई उपचार खर्च उपलब्ध गराउँदा सरकारी अस्पतालमा उपचार गराएको भए पुरै र निजी अस्पतालमा उपचार गराएको भए आधा रकम दिने व्यवस्था गरेको छ ।

उपचार खर्च लिने प्रक्रिया सरल छ । सांसदले बिल पेश गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संसद सचिवालयकै अधिकारीहरु रहेको चिकित्सक बोर्डको निर्णय, संसद सचिवालयका महासचिव र सचिवस्तरीय स्वीकृतिबाट भुक्तानी दिइन्छ ।

सांसदहरुले पाउने उपचार खर्चको सीमा छैन । ऐनले न्युनतम र अधिकतम रकम तोकेको छैन । ऐनले ‘बिलको आधारमा’ भनेको अवस्थामा सांसदहरुले न्युनतम र अधिकतम दुवै रकम लिइरहेका छन् । आर्थिक रुपमा सक्षम सांसदले पनि लिएका छन्, आफैँ उपचार गर्न समस्या हुनेले पनि लिएका छन् ।

संघीय संसदमा दर्जनभन्दा बढी उद्योगी–व्यापारी, निर्माण व्यवसायी, जमिन्दार सांसद छन् । उनीहरुले पनि केही हजार उपचार सुविधामा लोभ देखाएका छन् ।

अनलाइनखबरलाई प्राप्त विवरणमा नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले २०७६ भदौ ४ गते स्वास्थ्य उपचार खर्च वापत्त १३ सय ४७ रुपैयाँ लिएको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा सबभन्दा कम उपचार खर्च लिनेमा उनी पर्छिन् ।

डा. डिला संग्रौलापछि सबभन्दा कम उपचार खर्च लिनेमा सांसद सिंगबहादुर विश्वकर्मा रहेका छन् । उनले असोज २ गते २ हजार ८७ रुपैयाँ लिएको देखिन्छ ।

सांसद विश्वकर्मा पछि कम उपचार खर्च लिनेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि सांसद अञ्जना विशंखे छिन् । उनले ०७६ असोज ८ गते २२ सय २५ रुपैयाँ लिएको देखिन्छ ।

मुटु रोगसँगको लडाई हारेकी सांसद ज्ञानकुमारी छन्त्यालले तीन पटक गरेर ७ लाख ८९ हजार २८७ रुपैयाँ उपचार खर्च लिएको विवरणमा उल्लेख छ । सांसद छन्त्यालको गत १७ असारमा निधन भएको थियो । ...

Read More
  • Financial Notices