आलोचनापछि धमाधम दसैं भत्ता फिर्ता गर्दै सांसदहरू



Setopati

महामारीका बेला दसैं भत्ता बुझेको भन्दै आलोचना भएपछि सत्तारूढ प्रतिपक्षी सांसदहरूले धमाधम भत्ता फिर्ता गर्ने बताएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले आज संघीय संसद सचिवालयमा भत्तावापतको रकम फिर्ता गरेका छन्।

थापाका स्वकीय सचिव सविनबाबु मुडभरीमार्फत् थापाले ६४ हजार ७० रूपैयाँ संसद सचिवालयमा फिर्ता दिएका हुन्। 

‘संसद सचिवालयमा नगद नै फिर्ता गरिदिएको हो,’ मुडभरीले भने। यस्तै सांसद थापाले संसद सचिवालयलाई लेखेको पत्रमा भत्ता रकम फिर्ता लिन आग्रह गरेका छन्।

Read More
  • Financial Notices