विकास बैंक धमाधम वाणिज्य बैंकमा बिलीन हुँदै,अब यी विकास बैंकको गाभिने पालो



Mero Lagani

कुनै क्षेत्रमा पकड जमाएर बसेका विकास बैंकहरुलाई वाणिज्य बैंकले गाभिरहेका छन् । गत १३ महिनामा ९ विकास बैंक वाणिज्य बैंकमा गाभिसकेका छन् ।

 

राष्ट्र बैंकका अनसार २०७६ को असारमा २९ विकास बैंक रहेकोमा त्यसको ठिक १३ महिनापछि अर्थात २०७७ को साउन महिनासम्म २० वटा विकास बैंकमा झरिसकेका छन् । यसको अर्थ १३ महिनामा ९ विकास बैंक वाणिज्य बैंकमा गाभिएका छन् भन्ने हो ।

पछिल्लो समय साहारा विकास बैंक गरिमामा गाभिए पनि त्यो बाहेक अन्य विकास बैंक विकास बैंकमा गाभिएका कमै उदाहरण छन् । विकास बैंक फाइनान्स कम्पनीमा मर्जरमा जाने कुरै भएन ।

विकास बैंक धमाधम वाणिज्य बैंकमा गाभिएपछि विकास बैंक नै नरहने हुन कि भन्ने स्थितिमा पुगेका छन् । हिजो शनिबार मात्र सिटिजन्स बैंकले बुटबलमा केन्द्रीय कार्यालय भएको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभ्ने समझदारीमा हस्ताक्षर गरेको छ ।

पछिल्लो समय स्थानिय तहमा पकड बनाएर बसेको विकास बैंकलाई वाणिज्य बैंकले किन्दै आएका छन् । अहिले पनि जिल्लामा प्रभुत्व जमाएर बसेका विकास बैंकको खोजीमा वाणिज्य बैंक छन् ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले एक वाणिज्य बैंक र अर्को वािणज्य बैंकबीच मर्जरमा जान भन्दा पनि विकास बैंकलाई वाणिज्य बैंकले खरिद गर्न मन पराउने बताए । त्यसमा पनि स्थानिय स्तरमा नाम कहलिएका विकास बैंकलाई खरिद गर्दा त्यहाका ग्राहक तथा व्यवसायीलाई सजिलैसँग लिन सकिने भएकाले पनि विकास बैंकलाई वाणिज्य बैंकले खरिद गर्न चाहना राख्ने गरेको उनको भनाइ छ ।

वाणिज्य बैंकले स्थानिय तहमा गएर शाखा खोल्दा कम्तिमा दुई वर्ष शाखा सञ्चालन खर्च पनि नउठने भएकाले पनि स्थानिय तहमा पकड बनाएका विकास बैंक खोज्दै वाणिज्य बैंक हिडने गरेका छन् ।

अहिले पनि वाणिज्य बैंकहरु स्थानिय स्तरमा प्रभुत्व जामाएर बसेका विकास बैंकलाई किन्ने योजनामा छन् । वाणिज्य बैंक सञ्चालक समितिले बाहिर सार्वजनिक नगरी भित्र भित्रै स्थानिय तहमा पकड भएका विकास खोज्नका लागि समिति नै बनाएर अभियान नै चलाएका छन् ।

त्यसैगरी,२७ वटा वाणिज्य बैंक मध्ये अधिकांश वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि स्थानिय तहमा बलियो पकड जमाएर बसेका विकास बैंक खोजी गर्ने अभियानमा जुटेका छन् । विकास बैंकका सञ्चालक र सिइओलाई वाणिज्य बैंकसँग मर्जरमा जाँदा स्तर उन्नती हुने तथा समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने भन्दै वाणिज्य बैंकका सिइओहरुले समेत कन्भिन्स गरिरहेका छन् ।

पछिल्लो समय राष्ट्र बैंकले विकास बैंकलाई अनेक निर्देशन दिने र यो वा त्यो पूरा गर भनेर दुख दिने गरेको छ । विकास बैंकका सञ्चालकहरु पनि राष्ट्र बैंकको पछिल्लो व्यवहारबाट आजित छन् । यो वा त्यो को नाममा अनेक दुःख दिने गरेका छन् । झन्झटबाट मुक्ति पाइने भएकाले पनि वाणिज्य बैंकसँग मर्जरमा जान इच्छुक देखिएका हुन् ।

वाणिज्य बैंकले विकास बैंकलाई खरिद गर्दा दुई किसिमका फाइदा छन् । एउटा फाइदा त पूँजी बृद्धि गर्दा अर्को वाणिज्य बैंकसँग प्रतिस्र्धा गर्न सहज हुन्छ । अहिले वाणिज्य बैंकबीच नम्बर वान बन्ने प्रतिस्पर्धा छ । त्यो प्रतिस्पर्धामा गर्न सहज हुने भएकाले पनि विकास बैंक खरिद गर्नका लागि वाणिज्य बैंक इच्छुक देखिएका हुन् ।

अर्को कुरा स्थानिय स्तरमा नयाँ शाखा खोल्दा कम्तिमा २ वर्ष ती शाखा घाटामा चलाउनु पर्ने हुन्छ । नयाँ शाखा खोल्दा कम्तिमा २ वर्ष नाफामा लैजान सकिदैन् । तर, स्थानिय स्तरमा पकड भएका विकास बैंकलाई खरिद गर्दा पहिलेदेखि सञ्चालनमा आएकाले नाफामा गइसकेका हुन्छन् । त्यसैले घाटा हुने सवाल नै नहुने भएकाले पनि वाणिज्य बैंकले विकास बैंकलाई खरिद गर्न खोजेका हुन् ।

घाटा खाएर शाखा खोल्नु भन्दा नाफामै सञ्चालनमा रहेको विकास बैंक खरिद गर्दा चुक्ता पुँजी पनि बढने र शाखा पनि दरिलो हुने भएकाले पनि वाणिज्य बैंकहरु विकास बैंकको खोजीमा लागेका हुन् ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले मुलुकभर २० विकास बैंक सञ्चालनमा छन् । ती मध्ये पनि केही विकास बैंक वाणिज्य बैंकसँग मर्जरमा जानका लागि सम्झौता गरिसकेका छन् भने केही मर्जरमा जाने तयारी गरिरहेका छन् । महालक्ष्मी, मुक्तिनाथ, गरिमालगायतका बलिया विकास बैंक पनि वाणिज्य बैंकले खरिद गर्न खोजिरहेका छन् । त्यसैगरी, ज्योति, गरिमा लगायतका विकास बैंक पनि वाणिज्य बैंकले किन्ने तयारीमा छन् ।

त्यस्ता विकास बैंकलाई मर्जरमा आउन इच्छुक भए शेयर अनुपात पनि राम्रो दिने र सिइओलगायतका अन्य कर्मचारीलाई पनि उचित स्थान दिने भन्दै वाणिज्य बैंकले अनेक आश्वासन बाँडने भएका छन् ।

पहिला विकास बैंक, फाइनान्सकम्पनीले गर्ने काम अहिले वाणिज्य बैंकले गर्न थालेकाले र विकास बैंकले वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएकाले पनि बाध्य भएर बिलिन हुन खोजिरहेका छन् ।

मर्जरपछि बैंकको सञ्चालक समितिमा एक जना र प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई डेपुटी सिइओ दिने प्रलोभन पनि वाणिज्य बैंकले दिने गरेका छन् ।

हाल सञ्चालनमा रहेका २० विकास बैंक पनि एक वर्षपछि १० वटा झर्ने सम्भावना निकै बलियो छ । राष्ट्र बैंकले पनि हाल भइरहेका विकास बैंकलाई ७ वटाको हाराहारीमा सीमित राख्न चाहेको एक बैंकरले बताए ।

केन्द्रीय बैंकले मर्जको माध्यमबाट विकास बैंक घटाउन चाहिरहेको छ । राष्ट्र बैंकको मुख्य उद्देश्य पनि जसरी भए पनि संख्या घटाउनु नै छ । राष्ट्र बैंकले संख्यात्मकभन्दा गुणात्मक सेवा प्रदान गर्ने वित्तीय संस्था हेर्न चाहेको छ । विश्व बैंक, अन्तरराष्टिय वित्त निगमलगायतले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या घटाउन दवाव दिइरहेका छन् ।

Read More
  • Financial Notices