दाङमा १ लाख ३८ हजार रूपैयाँसहित ५ जुवाडे पक्राउ



Setopati

दाङको घोराहीबाट झन्डै १ लाख ३८ हजार रकमसहित ५ जुवाडे पक्राउ परेका छन्। 

घोराही उपमहानगरपालिका वडा नं‍ १५ निवासी ३० वर्षीय प्रविण खत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति ९ बजेतिर छापा मार्दा ५ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए।
 
पक्राउ पर्नेमा प्रविण खत्री सोही ठाउँका ३५ वर्षीय दिलबहादुर घर्ती मगर, ४० वर्षीय हेमन्त बुढाथोकी, ४९ वर्षीय भरत जिएम र २७ वर्षीय गोविन्द शाह रहेको डिएसपी खड्काले बताए।

Read More
  • Financial Notices