भोलिबाट हिमालय डिस्टीलरी र मल्टीपर्पोज फाइनान्सको सेयर किनबेच गर्न मिल्ने



Bizshala

काठमाण्डौ । हिमालय डिस्टीलरी लिमिटेड र मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडका आज आइतबार रोक्का भएको सेयर कारोबार पुनः फुकुवा भएकाले भोलिदेखिबाट भने कारोबारमा आउने भएको छ ।

नेप्सेलाई तिर्नुपर्ने वार्षिक नवीकराण शुल्क आज बुझाइसकेपछि हिमालय डिस्टीलरी लिमिटेड र मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडका सेयर भोलि सोमबारबाट धितोपत्रको दोस्रो बजारमा कारोबार गर्र्न सकिने भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये आज ५ वटा कम्पनीहरुले सूचीकरण विनयमावली बमोजिम वार्षिक नवीकरण शुल्क नबुझाएका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार रोक्का भएकोमा हिमालय डिस्टीलरी लिमिटेड र मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडले वार्षिक नवीकरण शुल्क बुझाएका कारण फुकुवा भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले वार्षिक नवीकरण शुल्क बुझाउन ढिला गरेका कारण कारोबार रोक्का गरेको थियो । मल्टीपर्पोज फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर,जोशी हाइड्रोपावर,नेपाल हाइड्रो डेभलपर,हिमालय डिष्टीलरी गरी ५ कम्पनीको आज सेयर कारोबार रोक्का भएकोमा अब अन्य ३ कम्पनीले भने अझै वार्षिक नवीकरण शुल्क बुझाएका छैनन् ।

Read More
  • Financial Notices