हेर्नुहोस् आज २ गते कार्तिक आइतबार, तपाईको आर्थिक राशिफल कस्तो रहेको छ ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
हेर्नुहोस् आज २ गते कार्तिक आइतबार, तपाईको आर्थिक राशिफल कस्तो रहेको छ ?

Financial Notices  मोबाईल एप्स Android Download  र iOS Download गरेर आफ्नो दैनिक, साप्ताहीक, मासिक र वार्षिक आर्थिक राशिफल हेर्न सक्नुहुनेछ ।

आर्थिक राशिफलः  २ गते कार्तिक २०७७ (आइतबार)

मेषः पार्टनरसीपको कामबाट लाभ मिल्न सक्ने।

वृषः आर्थिक कारोबारमा हानी हुन सक्ने।

मिथुनः राज्य वा प्रशासनबाट लाभ हुन सक्ने।

कर्कटः नयाँ व्यवसायमा लगानी गर्न सक्ने सम्भावना छ।

सिंहः आर्थिक कारोबारहरु बाट फाइदा मिल्न सक्ने।

कन्याः अनावश्यक खर्च हुनाले आर्थिक समस्या।

तुलाः रोकिएका कामहरु बन्न सक्ने।

वृश्चिकः धनको सन्चय बढ्न सक्ने।

धनुः कामको माध्यमबाट पराक्रम बढ्न सक्ने।

मकरः काममा रोकावट आउन सक्ने।

कुम्भः शैक्षिक क्षेत्रबाट लाभ मिल्न सक्ने।

मीनः आम्दानी बढ्न सक्ने र नयाँ कामको सुरुवात।

___________

कार्तिक २ देखि ८  गतेसम्मको साप्ताहिक आर्थिक राशिफल
मेष 
साताको सुरुमा पारिवारिक सहयोगले काम र आर्थिकमा प्रगति हुनुका साथै पार्टनरसीपको काममा लाभ मिल्नेछ। साताको मध्यमा काममा ढिलासुस्ती हुन सक्छ। साताको अन्त्यमा आर्थिक क्षेत्र सामान्य रहन सक्नेछ। 

वृष 
यो साताको सुरु र मध्यमा धन खर्च हुनुका साथै काममा समस्याको सामना गर्नुपर्ने हुन सक्ने भएकाले गर्दा अलिक ध्यान दिएर अगाडि बढ्नु पर्ने देखिन्छ। साताको अन्त्यतिरबाट आम्दानी बढ्ने र व्यवसायमा प्रगति हुन सक्ने समय छ।  

मिथुन 
यो साताको सुरुमा काममा केहि प्रशासनिक रोकावट आउन सक्नेछ। साताको मध्यमा भने व्यवसायबाट राम्रो लाभ हुन सक्ने र नयाँ कामको थालनी हुन सक्ने समय रहेको छ । साताको अन्त्यमा आम्दानीमा वृद्धि हुन सक्ने सम्भावना छ  । 

कर्कट 
साताको सुरुमा काममा प्रगति र मानसम्मान बढ्ने रोकिएका कामहरु सुचारु हुन सक्नेछ। साताको मध्यमा आम्दानी बढ्न सक्ने र आम्दानीको नयाँ बाटो मिल्न सक्ने सम्भावना रहेको छ। साताको अन्त्यमा भने खर्च बढ्न सक्ने र काममा केहि बाधा आउन सक्ने समय छ। 

सिंह
यो साताको सुरुमा आम्दानीको नयाँ बाटो मिल्न सक्ने र लगानी गरेको ठाउँबाट राम्रो लाभ हुन सक्ने समय छ । साताको मध्यमा खर्च बढ्न सक्ने समय छ। साताको अन्त्यबाट काममा उन्नतिको समय छ।  

कन्या
साताको सुरुका दिनमा खर्च बढ्ने र काममा  केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो साताको मध्यबाट एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साताको अन्त्यमा खर्च बढ्न सक्ने सम्भावना छ। 

 तुला
साताको सुरुमा काम गर्ने उत्साह बढ्ने र मेहनत अनुसारको कामबाट सफलता मिल्न सक्ने समय छ। साताको मध्यतिर आर्थिकमा नोक्सानी हुन सक्ने रहेकाले गर्दा ध्यान दिनुपर्ने छ । साताको अन्त्यमा आम्दानी बढ्न सक्ने सम्भावना छ।  

वृश्चिक
साताको सुरुमा आर्थिकमा नोक्सानी र काममा केहि बाधा हुन सक्ने रहेपनि साताको मध्यमा आर्थिकमा सुधार हुन सक्ने रहेको छ। कामबाट राम्रो लाभ हुन सक्ने र मानसम्मान प्राप्त हुन सक्नेछ। साताको अन्त्यमा आर्थिकमा केहि रोकावटको सामना गर्नुपर्ने छ। 

धनु
साताको सुरुका दिनमा रोकिएका कामहरु सन्चालन हुने र  एकपछि अर्को अवसर आउने समय रहेको छ । साताको मध्य र अन्त्यको समयमा स्वास्थ्यमा समस्या आउन सक्ने र काम गर्ने उत्साह काम हुन सक्ने सम्भावना छ। 

मकर
यो साताको सुरुमा अनावश्यक विवादले काममा समस्या सिर्जना गर्न सक्छ। आर्थिक क्षेत्रमा केहि बाधाको सामना गर्नुपर्ने र बिश्वास गरेकाबाट धोका हुन सक्ने भएकाले ध्यान दिएर अगाडि बढ्नु पर्ने देखिन्छ । साताको अन्त्यबाट काम र आर्थिकमा सुधार हुन सक्ने सम्भावना छ। 

कुम्भ
साताको सुरुमा खर्चमा बृद्धिले गर्दा मन खिन्न हुन सक्छ। साताको मध्यबाट आर्थिक क्षेत्रमा सुधार हुने र आम्कस्मिक धन लाभको पनि समय छ । परिवार र साथीभाईको सहयोगले गर्दा बिग्रिएका कामहरु पनि बन्नेछन् । 

मीन
सातको सुरुमा कामका नयाँ अवसरहरु मिल्नुका साथै आम्दानीको नयाँ बाटो मिल्न सक्ने योग रहेको छ । साताको मध्यमा परिवारको सहयोगले महत्वपूर्ण कामहरु बन्नेछन् । साताको अन्त्यमा धनको हानी हुन सक्ने र काममा बाधा हुन सक्ने योग रहेको छ।

_________________________

हेर्नुहोस् तपाईको कार्तिक महिनाको आर्थिक राशिफल कस्तो रहेको छ ?

मेष
मेष राशि हुनेहरुका लागि कार्तिकम महिना अरूलाई प्रभावित पारेर काम हात लिने समय रहेको छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् र विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम हरु बन्नेछन्, पठन–पाठनमा प्रगति हुनेछ र विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।

वृष
नयाँ कामका निम्ति हौसला मिल्नेछ, अर्थलाभका अवसर आउने र अप्रत्याशित काम बन्ने योग छ। वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ र महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ।

मिथुन 
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्न सक्छ। बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ र खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । 

कर्कट 
यो महिना कर्कट राशिका लागि विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। राम्रो सँग मिहिनेत गर्दा पनि अलिक सोचे जस्तो परिणाम नआउन सक्छ। नजिकको व्यक्तिबाट असहयोग हुन सक्छ। स्वास्थ्यमा समस्या र काममा रोकावटले गर्दा आर्थिक हानी हुन सक्छ। महिनाको अन्त्यतिरबाट आर्थिक क्षेत्रमा सुधार हुनेछ।

सिंह
सिंह राशिका मानिसहरुलाई कार्तिक महिना आफ्नो कामबाट अरुलाई प्रभावित पारेर थप जिम्मेवारी वा पद बढ्न सक्ने समय रहेको छ। दाजुभाई र परिवारको राम्रो साथले गर्दा काम गर्नमा सहज हुनेछ। सामाजिक काममा पनि खर्च हुन सक्छ र आम्दानी राम्रो रहन्छ।

कन्या
कार्तिक महिना कन्या राशिका लागि आफ्नै कमजोरीले विवादमा परिने योग रहेको छ। सचेत रहनुहोस् र विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। आत्म–विश्वास बढ्नेछ। आर्थिक लेनदेन गर्दा राम्रोसँग मान्छे चिनेर मात्र गर्नुहोला नत्र धोका हुन सक्छ। 

 

तुला 
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ, आस मारेको काम बन्नाले उत्साह जाग्नेछ, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै आर्थिक सफलता मिल्नेछ ।

वृश्चिक
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला।  हिम्मतले काम लिन नसक्दा लगानीमा केही पछि परिनेछ र अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पर्न सकिने सम्भावना छ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। काम बिग्रने डरले सताउन सक्नेछ।

धनु
रोकिएका आर्थिक कारोबारहरु मिल्नुका साथै आम्दानीका नयाँ बाटोहरु मिल्नाले आर्थिक समस्या समाधान हुनेछ। दीर्घकालीन फाइदा हुने काममा लाग्ने समय रहेको छ। मनोरन्जनमा खर्च हुन सक्छ। काममा पनि सामान्य प्रगति हुन सक्ने छ। पहिले गरेको लगानीले पनि राम्रो प्रतिफल दिन सक्ने समय रहेको छ। 

मकर
मकर राशिका लागि कार्तिक महिना सुरुका दिनहरुमा धेरै समयबाट रोकिएका कामहरु सुचारु हुनाले मन प्रसन्न रहने सकय रहेको छ। राज्यबाट सहयोग मिल्नेछ। व्यवसाय गर्नेको व्यवसाय बढ्नेछ भने जागिरमा पदोन्नति वा मानसम्मान प्राप्त हुनेछ। सहकर्मी साथीहरुको सहयोग मिल्नेछ। नयाँ काममा प्रवेश गर्ने अवसर पनि जुट्नेछ । 

 

कुम्भ
विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। सहयोगीहरूले काममा साथ दिनेछन्अ, रूलाई प्रभावित पारेर काम बनाउने समय छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।  स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग रहेको छ।

मीन 
मीन राशिका लागि कार्तिक महिनाको सुरुवातमा हतारमा निर्णय लिंदा दीर्घकालीन घाटा हुन सक्छ। अन्य समस्याले गर्दा काममा दिनुपर्ने जति समय दिन नसकिन सक्छ। स्वास्थ्यले गर्दा पनि काममा उचित ध्यान नजान सक्छ। अनावश्यक खर्च हुन सक्छ। महिनाको अन्तिमतिर बाट आर्थिक क्षेत्रमा सुधार आउन सक्नेछ।

_________

(www.merojyotish.com)

Read More:______

हाल कुन बैंकको व्याजदर कति छ ।

हेर्नुहोस् बैंक तथा वित्तीय संस्थाका रोजगारीका आवसरहरु।

पल पलको ताजा आर्थिक समाचार पढ्नुहोस् ।

हेनुहोस् सेयर बजारका लगानीको अवसरहरु ।

Read More
  • MBL