बैंकको शाखा खोल्न स्थानीयको माग



Karobar Daily

पाँचथर-सबै पालिकाको केन्द्रमा बैंक पु-याउने सरकारी नीति भए पनि पाँचथरको फाल्गुनन्द गााउपालिकाको केन्द्र घुर्बिसे पञ्चमीमा कुनै बैंकको शाखा नपुग्दा सेवाग्राही मर्कामा परेका छन् । पाँचथरको दक्षिणी क्षेत्रको ठूलो बजार मध्येको घुर्बिस पञ्चमी बजारमा कुनै बैंकको शाखा नपुग्दा गाउँपालिकका सेवाग्रीहरु समेत मर्कामा परेका हुन् ।

बैंकको शाखा नहुँदा पाँचथर सदरमुकाम फिदिम र इलाम सदरमुकाम इलाम बजारसम्म पुग्नु परेको गुनासो स्थानीयहरुको छ । केही बैंकको शाखा फाल्गुनन्द गाउँपालिको राँके बजारमा भए पनि सबैलाई उपयुक्त नभएको स्थानीय सञ्चारकर्मी युद्धबहादुर बोहोराले बताए । घुर्बिसे पञ्चमी बजार पाँचथर र इलामको सिमानामा पर्ने बजार हो । उक्त बजार पाँचथरको फाल्गुनन्द गाउँपालिका र इलामको फाक्फोकथुम गाउँपालिकाको आर्थिक केन्द्र हो ।

Read More
  • Financial Notices