पेट्रोलमा कर असुल्ने, आयोजना विदेशीलाई बुझाउने !



Online Khabar

के हो बूढीगण्डकी आयोजना ? नेताले कसरी भकुण्डो बनाए ?

राष्ट्रिय गौरबको सूचीमा रहेको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्यत् आयोजना फेरि विवादमा तानिएको छ ।

यो आयोजना चिनियाँ कम्पनी (गेजुवा ग्रुप) लाई दिँदा केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउबाले ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आरोप लगाएपछि बूढीगण्डकी आयोजना फेरि विवादमा तानिएको हो ।

गृहजिल्ला गोरखा पुगेर डा.भट्टराईले ओली, देउवा र प्रचण्डले आपसमा मिलेर ९ अर्ब रुपैयाँ घुस खाएको आरोप लगाएका थिए । आवश्यक परे आफूले त्यसको प्रमाण नै दिन सक्ने उनले बताएका थिए । डा. भट्टराईको आरोपपछि प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारुढ नेकपाले विज्ञप्ति नै जारी गरेर प्रमाण देखाउन चुनौती दिएका छन् ।

त्यसको काउन्टरमा डा. भट्टराईले सबै नेताको सम्पत्ति छानविन गर्न जनलोकपाल बन्नुपर्ने बताउँदै आफूले त्यसमा सघाउने बताएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार बाबुरामलाई जवाफ फर्काएका छन् । निर्णय नै नभएको, कार्य आरम्भ नभएको, हुन्छ या हुँदैन, कसले गर्छ भन्ने टुंगो नभएको आयोजनामा यति अर्ब बाँडेर खाए भनेर भट्टराईले गैरजिम्मेवार अभिव्यक्ति दिएको र आरोप लगाइएको प्रधानमन्त्री ओलीको प्रतिक्रिया छ ।

यो दोहोरीको सिलसिला अझै केही समय चलिरहने देखिन्छ । यस प्रकरणमा छानविन गर्ने निकायले छानविन पनि गर्दै जाला । यहाँ हामीले पाठकको थप जानकारीका लागि बूढीगण्डकी आयोजना के हो र यसबारे के–कस्ता लफडाहरु राजनीतिक नेतृत्वबाट हुँदै आए भन्नेबारे केही तथ्यहरु राख्ने प्रयास गरेका छौं ।

के हो बूढीगण्डकी आयोजना ? ...

Read More
  • Financial Notices