बीमाले कोरोना फैल्याउँदै, ५९ करोडको दावी समितिमा थन्कियो



Aarthik News

काठमाडौं । गत बैंशाख ७ गतेबाट शुरु भएको 'कोरोना बीमा' बीमाको सिद्धान्त विपरित भएको भन्दै विरोध हुँदा हुँदै शुरु भएका कारण अहिले अप्ठ्यारोमा परेको छ । क्षतिको आधारमा भुक्तानी गर्न पर्ने बीमा बीमा गर्ने वित्तीकै  भुक्तानी भनेर जसरी बीमा कम्पनीहरुले प्रचार प्रसार गरे यो नै गलत भएको बीमा विज्ञ रविन्द्र घिमिरे बताउँछन् । कोरोना बीमाका लागि बीमा समितिले जारी गरेको निर्देशिका नै पटक पटक संशोधन गरिसकेको छ । पटक पटक संशोधन गर्दा पनि अझै यो पोलिसीलाई सहज बनाउन सकिरहेको छैन । 

कोरोना भाइरसको जोखिम बढेपछि धेरै नागरिकले कोरोना बीमा गरे त्यसपछि २० वटा बीमा कम्पनीहरु मिलेर सामूहिक रुपमा जोखिम बहन गर्न ‘पुल’को व्यवस्था गरे । कोरोना बीमा मार्फत हालसम्म २० वटा निर्जीवन बीमा कम्पनीहरुले ८७ करोड २० हजार ९०५ प्रिमियम संकलन गरेका छन् भने हालसम्म करिब १५ लाखले बीमा गरिसकेका छन्  । बीमा समितिका अनुसार ५९ करोड बराबरको दावी भुक्तानी फछ्र्यौट गर्न बाँकी रहेको छ ।  ...

Read More
  • Financial Notices