सिटिजन्स बैंक इन्टरनेशनल Citizens Bank International Limited ले चाडपर्वको अवसरमा ग्राहकलाई क्यास ब्याक दिने योजना ल्याएको छ । योजना अन्तर्गत दशैंको समयमा डिल आयो डटकमबाट सामान किन्ने ग्राहकले २५ प्रतिशतसम्म क्यास ब्याक पाउने छन् ।
बैंकका डेबिट, क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा भुक्तानी गर्दा २५ प्रतिशतसम्म वा २५ सय रुपैयाँ क्यास ब्याक पाउने जनाइएको छ । यस्तो क्यास ब्याक पाउन एक हजार भन्दा बडीको कारोबार गर्नुपर्ने हुन्छ ।
कार्तिक ६ गतेसम्मका लागि सञ्चालनमा रहने यो योजनाले डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण विरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।







