सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग पिन रिसेट मोबाइलबाटै


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग पिन रिसेट मोबाइलबाटै

सिटिजन्स बैंक इन्टरनेशनल Citizens Bank International Limited ले बैंकमा नगई मोबाइल बैंकिङ्गको पिन रिसेट गर्ने सुविधाको सुरुवात  गरेको छ । यससंगै मोबाइल बैंकिङ्गको पिन बिर्सिएमा बैंकमा नै धाउनुपर्ने समस्या हटेको छ । 

हालको विषम परिस्थितिलाई लक्षित गरी बैंकले ग्राहकहरुलाई सहज रुपमा आधारभूत बैंकिङ्ग सेवा प्रदान गर्न र डिजिटल माध्यमबाट कारोबार गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त सेवाको सुरुवात गरेको जनाएको छ । यस्तो सेवाबाट ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने बैंकले दावी गरेको छ । 

Read More
  • EBL Ad news