एनआईसी बैंकको कार्डमार्फत ई–कमर्शमा अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनआईसी बैंकको कार्डमार्फत ई–कमर्शमा अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता

काठमाडौं । गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले वडादशैं, दिपावली, नेपाल संवत् एवं छठ पर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

उक्त आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam / Kalmart जस्ता ई–कमर्शबाट बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपण अनुरुप बैंकले डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

पछिल्लो पटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै बैंकले Sastodeal र Gyapu Marketplace मा २० प्रतिशत वा रू.२००० सम्म,Kalmart मा २५ प्रतिशत वा रू.१५०० सम्म तथा Thulo Pasal, Infistore र Okdam मा १५ प्रतिशत वा रू.१००० सम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ । बैंकमा आबद्ध ग्राहकहरूले २७ असोज देखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी नगद फिर्ता लिन सक्नेछन् ।

Read More
  • MBL