एनएमबि बन्यो विच्याट मार्फत नेपालमा भुक्तानी सेवा सुरु गर्ने पहिलो बाणिज्य बैंक


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनएमबि बन्यो विच्याट मार्फत नेपालमा भुक्तानी सेवा सुरु गर्ने पहिलो बाणिज्य बैंक

एनएमबि बैंकले चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसंग सम्झौता  गरेको छ।  यस सम्झौतासँगै उक्त कम्पनीको विच्याट  भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने जनाइएको छ। 

यस सम्झौताले विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एकमात्र बैंक रहेको बैंकको दाबि छ। यस साझेदारीबाट बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्नेछ ।

देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई यस बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याट को सुविधा प्रदान गर्न सक्षम भएको बैंकको विश्वास छ । यसबाट यस्ता पर्यटकहरुले सामना गरेको मुद्रा विनिमेयको समस्यालाई सहज बनाउने अपेक्षा गरिएको छ। ...

Read More
  • MBL