माछापुच्छ्रे बैंक २१औँ वर्षमा प्रवेश, ६ वटा योजना एकैसाथ सार्वजनिक



Bizpati

माछापुच्छ्रे बैंक स्थापनाको २० बर्ष पूरा गरि २१ औँवर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित विभिन्न नयाँ ६ वटा स्मार्ट सेवा तथा योजना एकैसाथ संचालनमा ल्याएको छ । बैंकले थप सबल बन्दै ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न स्मार्ट बैंकको रुपमा उभिएको दावी गरेको छ । 

बैंकले नेपालमा नै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । त्यस्तै, बैंकले क्युआर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ । यसका साथै बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाईट पनि आजैबाट सुरुवात गरेको छ । स्मार्ट वेवसाईटमार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिन सकिने बैंकले जनाएको छ । 

Read More
  • Financial Notices