तीन वटा लघुवित्त मर्जर जाने सहमति



Aarthik News

काठमाडौं । तीन वटा लघुवित्तीय संस्थाहरु मर्जमा जाने निर्णय गरेका छन् । काभ्रेपलान्चोक केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि., बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघु वित्तवित्तीय र रम्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघु वित्तवित्तीय बीच एक् आपसमा गाभ्ने-गाभीने (मर्जर) कोे सहमति भएको हो ।  

गाभ्ने/गाभीने (मर्जर)सम्वन्धि समझदारी पत्रमा आरम्भ चौतारी लघुवित्तवित्तीयका अध्यक्ष जगतवहादुर पोखरेल,सिवाईसीका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्रामका अध्यक्ष् ाकृष्णवहादुर थापाले शुक्रबार बागलुङ बजारमा हस्ताक्षर गरेका छन् । 

गाभ्ने/गाभीने (मर्जर)सम्वन्धमा नेपाल राष्ट्र बैंकबाटजारी बैंक तथावित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिने तथाप्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्वन्धी नियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियमावली ५ बमोजिम त्रीपक्षीय रुपमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

Read More
  • Financial Notices