हेर्नुहोस तपाईको दैनिक र साप्ताहिक आर्थिक राशिफल (४ असोज २०७७, आईतबार)



Financial Notices

Financial Notices  मोबाईल एप्स Android Download  र iOS Download गरेर आफ्नो दैनिक, साप्ताहीक, मासिक र वार्षिक आर्थिक राशिफल हेर्न सक्नुहुनेछ ।

आर्थिक राशिफलः ४ गते असोज २०७७ (आईतबार)

मेषः व्यवसायबाट आर्थिक उन्नति हुने।

वृषः काममा आर्थिक बाधा र असफलताको सम्भावना।

मिथुनः पारिवारिक झमेलाले आर्थिक समस्या।

कर्कटः व्यवसायमा वृद्धि र काममा पदोन्नति।

सिंहः नियमित आम्दानीमा वृद्धि हुन सक्ने।

कन्याः अनावश्यक धन खर्च बढ्न सक्ने।

तुलाः कामबाट मानसम्मान र आर्थिक लाभ प्राप्त हुन सक्ने।

वृश्चिकः वित्तीय क्षेत्रमा समस्या र झमेलाको सामना हुन सक्ने।

धनुः आम्दानी बढ्ने र काममा आफन्तको सहयोग मिल्ने।

मकरः स्वास्थ्यमा समस्याले गर्दा धन खर्च र पारिवारिक असमझदारी।

कुम्भः अनावश्यक खर्च र व्यर्थ यात्रा हुन सक्ने।

मीनः धन लाभको सम्भावना र आम्दानीमा वृद्धि।

______________

हेर्नुहोस् तपाईकते साप्ताहिक आर्थिक राशिफल (असोज ४ देखि १० गतेसम्म)


मेषः
मेष राशिका लागि साताको सुरुमा मानसम्मान प्रतिष्ठा बढ्न सक्ने, रोकिएका कामहरु सुचारु हुन सक्नेछ। साताको बीचमा नयाँ जग्गा जमिन जोड्न सक्ने सम्भावना रहेको छ। साताको अन्त्यमा आर्थिक क्षेत्रमा विशेष लाभ हुन सक्नेछ।  

वृषः
साताको सुरुमा काम वा व्यवसायबाट हानी हुन सक्ने र अनावश्यक खर्च बढ्न सक्नेछ। साताको बीचमा काममा क्रमिक सुधार हुनेछ भने साताको अन्त्यमा व्यवसायमा प्रगति हुन सक्ने र धनको आगमन बढ्न सक्नेछ। प्राप्त गर्न बाँकि रहेको धन प्राप्त हुन सक्ने सम्भावना पनि रहेको छ।

मिथुनः
मिथुन राशि भएका हरुका लागि यो साताको सुरुमा व्यवसायबाट नोक्सानीको सामना गर्नुपर्ने र बन्न लागेको काम बिग्रिन सक्नेछ। साताको मध्यबाट आम्दानी बढ्न सक्ने, व्यवसायबाट राम्रो लाभ हुन सक्नेछ।

कर्कटः
कर्कट राशिका लागि यो साता शत्रुहरु पराजित हुने, रोकिएको काम सुचारु हुने, साताको मध्यमा व्यापार वा व्यवसाय सामान्य रहने वा केहि हानी हुन सक्ने देखिन्छ। साताको अन्त्यमा काम वा व्यवसाय र आर्थिक क्षेत्रमा सुधार हुन सक्नेछ।

सिंहः
साताको सुरुमा सामाजिक वा कामको क्षेत्रबाट मानसम्मान मिल्न सक्ने, प्रशासनिक कामहरु बन्न सक्ने रहेको छ। साताको मध्यमा आर्थिक समस्याले सताउन सक्छ। साताको अन्त्यको समयमा धनको आगमन बढ्न सक्ने, व्यवसायमा उचित लाभ हुन सक्ने र लगानी गरेको ठाउँबाट राम्रो फाइदा मिल्नेछ।

कन्याः
साताको सुरुमा स्वास्थ्यमा सुधार, मानसम्मान मिल्ने, धनागम बढ्न सक्ने छ र साताको बीचमा नयाँ सामानको खरिद हुन सक्ने छ। शुक्रबार र शनिबार पराक्रम बढ्ने र दाजुभाईको सहयोग मिल्न सक्ने समय रहेको छ।

तुलाः
यो साता तुला राशि हुनेहरुका लागि सुरुमा खर्च केहि बढ्न सक्ने रहेपनि साताको बीचबाट काम वा व्यापार व्यवसायमा उन्नति, नयाँ कामको विचार आउन सक्ने, शेयर कारोबार वा बैङ्किङ्ग क्षेत्रमा लाभ मिल्नेछ।

वृश्चिकः
साताको सुरुमा आम्दानी बढ्न सक्ने, फिर्ता हुनुपर्ने धन फिर्ता आउन सक्नेछ। मंगलबार र बुधबार खर्च बढ्न सक्ने र व्यवसायमा घाटा हुन सक्नेछ। साताको अन्त्यबाट आर्थिक सामाजिक र काममा सकारात्मक सुधार आउने सक्नेछ।

धनुः
धनु राशिका लागि यो साता सामाजिक वा कामबाट मानसम्मान मिल्न सक्नेछ। नयाँ कामको सुरुवात वा हालको कामबाट पदोन्नतिको सम्भावना रहेको छ। साताको अन्त्यमा नयाँ सामानको खरिद वा व्यवसायमा लगानी गर्न सकीने छ।

मकरः
यो साता मकर राशिका लागि खर्च बढ्न सक्ने र स्वास्थ्यमा समस्या आउन सक्नेछ । बुधबारबाट आर्थिक सामाजिक प्रगति र पराक्रम बढ्न सक्नेछ । साताको अन्त्यमा व्यवसायीक प्रगति र साथीभाई आफन्तको सहयोगले काम पुरा हुन सक्ने समय परेको छ।

कुम्भः
साताको सुरुमा पारिवारिक सहयोगले रोकिएको काम पुरा हुन सक्नेछ।  छोटो लाभदायक यात्राको सम्भावना रहेको छ । साताको बीचमा विश्वास गरेकाबाट धोका हुन सक्ने र आर्थिक हानी हुन सक्नेछ । साताको अन्त्यमा आर्थिक सामाजिक सुधार हुन सक्ने समय रहेको छ।

मीनः
साताको सुरु र बीचको समयमा आयमा वृद्धि, व्यवसायबाट सफलता मिल्नेछ । उचित मान्छेको सल्लाहले गरेको कामले सन्तुष्टि मिल्ने। साताको अन्त्यमा बन्न लागेको काम बिग्रिन सक्ने र अनावश्यक खर्च हुन सक्नेछ।

हेर्नुहोस तपाईको असोज महिनाको आर्थिक राशिफल कस्तो रहेको छ ?

Read More:______

हाल कुन बैंकको व्याजदर कति छ ।

हेर्नुहोस् बैंक तथा वित्तीय संस्थाका रोजगारीका आवसरहरु।

पल पलको ताजा आर्थिक समाचार पढ्नुहोस् ।

हेनुहोस् सेयर बजारका लगानीको अवसरहरु ।

Read More
  • Financial Notices