मोबाइल मनी : बैंक खाताविना नै वित्तीय कारोबार



Naya Patrika

मोबाइल मनी सुरु गर्दै नेपाल टेलिकम, टेलिकमका १ करोड ७२ लाख सिमकार्ड प्रयोगकर्तालाई डिजिटल प्लेटफर्ममा जोड्न सकिने, बैंक खाता नभएकोसमेत डिजिटल कारोबारमा पहुँच

बैंकमा खाता नै नखोली वित्तीय कारोबार गर्न सकिने मोबाइल वालेटको विस्तारसँगै टेलिकम कम्पनीहरू पनि यस क्षेत्रमा प्रवेश गर्न लागेका छन् । नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा सहायक कम्पनी स्थापना गरेर मोबाइल मनीको सुरुवात गर्न लागेको छ । यसका लागि डिजिटल पेमेन्ट सोलुसन कम्पनी स्थापना भइसके पनि डिजिटल कारोबार प्लेटफर्म सञ्चालनमा आइसकेको छैन । यो कम्पनीले बैंक खाता र विनाबैंक खातामार्पmत पनि कारोबार गर्न सकिने सुविधा दिनेछ । मोबाइल मनी सुरुवात भएपछि बैंक खाता नभएका सर्वसाधारणलाई डिजिटल प्लेटफर्ममा जोड्न सकिने कम्पनीले जनाएको छ । नेपाल टेलिकमले हालसम्म १ करोड ७२ लाख सिम वितरण गरेको छ । सबै ग्राहकलाई डिजिटल कारोबारमा जोड्न सकिने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । उनले भने, ‘अहिले सुरुवातकै चरणमा छौँ, तर बैंक खाताविना पनि बढीभन्दा बढी सर्वसाधारणलाई जोड्न प्रयास गर्नेछौँ ।’ 

मुलुकभित्र हुने डिजिटल कारोबारमध्ये करिब १० प्रतिशत मोबाइल वालेटमार्फत हुने गरेको छ । बैंक तथा वित्तीय संस्थामा खाता नभए पनि भुक्तानी सेवा प्रदायकको वालेटमार्फत हुने यस्तो कारोबार राष्ट्र बैंकको प्रणालीबाहिरबाट हुन्छ । बैंकमा खाता नहुने वर्गलाई आफ्नो मोबाइलबाट नै डिजिटल कारोबार गर्न इ–वालेट उपयुक्त विकल्प बन्दै छ । मोबाइलमा रहेको एप्समार्फत घरबाटै मोबाइल रिचार्ज, इन्टरनेट, बत्ती, पानीलगायतका बिल तिर्न सजिलो हुने कारण धेरैले इ–वालेटलाई मन पराउन थालेका छन् । पछिल्लो समय इ–वालेट प्रयोग गर्ने ग्राहक बढिरहेको, तर अझै निकै कम नेपालीहरू यो प्रविधिको पहुँचमा रहेको इ–सेवाका अध्यक्ष विश्वास ढकाल बताउँछन् ।  ‘एजेन्टहरूमार्फत ग्राहकले रकम जम्मा गर्ने प्रवृत्ति कुल कारोबारको करिब १० प्रतिशत मात्रै छ,’ ढकालले भने, ‘यसमा पनि अधिकांशले बैंकको काउन्टरमा पुगेर रकम जम्मा गर्ने प्रवृत्ति छ ।’ ...

Read More
  • Financial Notices