लकडाउनकै बीच नेपाल बैंकको पाँच वटा एक्सटेन्सन काउण्टर सञ्चालन



Rato Pati

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बागल्ङ जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३ औँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।  गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई लक्षित गरि सुरू गरेको बैंकको नयाँ एक्सटेन्सन काउण्टरको नगर प्रमुख भरत शर्मा गैरेले उद्घाटन गरे । 

कोरोनाका कारण सामाजिक दुरी कायम गरी काउण्टरको उद्घाटन गदैं नगर प्रमुख भरत शर्मा गैरेले नेपाल बैंकको सेवा विस्तारसँगै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए । उनले गलकोटमा बि.सं २०३८ सालमा हरिचौर बजारमा स्थापना भएको नेपाल बैक २०५८ सालमा बिस्थापित भएको स्मरण गदैं  २०७३ सालमा निकै ठुलो प्रयासले पुनस्थापना भएको बताए ।

Read More
  • Financial Notices