नेपाल बैंकले लिसंखु पाखर गाउँपालिकामा ब्याज अनुदानमा ऋण दिने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल बैंकले लिसंखु पाखर गाउँपालिकामा ब्याज अनुदानमा ऋण दिने

नेपाल बैंक र सिन्धुपाल्चोक जिल्ला स्थित लिसंखु पाखर गाउँपालिका बिच सहकार्य सम्बन्धि  सम्झौता भएको छ । गाउँपालिकाले संचालन गर्न लागेको अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रममा सहकार्य गर्न बैंक र गाउँपालिका बीच सम्झौता भएको हो।

संझौतामा बैंकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष कमल प्रसाद नेपालले हस्ताक्षर गरेका हुन् ।

सम्झौताले गाउँपालिकाले संचालन गर्नलागेको “अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रम” ले गाउँपालिकाबासीहरुलाई व्यवसायिक कृषि, तथा पशुपंछीमा आधारित उद्यम व्यवसाय, वन (जडिबुटी, वनपैदावार) मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रबद्र्घनमा आधारित उद्यम व्यवसाय, उत्पादनमुलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामुलक उद्यम व्यवसाय लगाएतका अन्य पहिचान गरिएका क्षेत्रहरुमा बैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकहरुलाई उद्यम व्यवसायमा आर्कषित गर्न, गाउँपालिकाबासीहरुलाई स्वरोजगार, व्यावसायीक एबं उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न, तथा उद्यमशीलता विकासकालागी आवश्यक सहयोग प्रदानगरी गाँउपालिकाको बिषेशतामा आधारित लघु, घरेलु, साना एबं मझौला व्यवसायहरुको बिकास एबं प्रबद्र्घनगर्न सहयोग पुग्ने विश्वास गरिएको छ । 

Read More
  • MBL