लगानीकर्ता सस्तो शेयरमा आकर्षित ,१ अर्ब ८० करोड बराबरको कारोबार !



Artha Sansar

आज (बुधबार) धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार देखिएको छ । हिजो (मंगलबार) सामान्य अंकले घटेर ओरालो यात्रा तय गरेको नेप्से परिसूचक आज ५.३७ अंकले बढेर १ हजार ५४१.४० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८३ अंकले बढेर ३०५.४८ मा पुगेको छ ।


कूल १९४ वटा कम्पनीकाे ६२ लाख ३३ हजार ७ सय ५३ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८० करोड ५८ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी १ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

Read More
  • Financial Notices