राष्ट्र बैंक पुग्यो बैंकहरुले सीएसआरमा गरेको खर्चको विवरण, दुरुपयोग गरिएको आशंका



Bizpati

बैंक वित्तीय सँस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) शिर्षकमा गरेको खर्चको विवरण नेपाल राष्ट्र बैंकलाई बुझाएका छन्। राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंकहरुले सीएसआर शिर्षकमा गरिएको खर्चको विवरण बुझाएका हुन्। 

बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुले गत आर्थिक बर्ष सीएसआर शिर्षकमा कुल १ अर्ब २० करोड रुपैयाँ बराबर खर्च गरेका छन्। जसमध्ये २७ वटा बाणिज्य बैंकले १ अर्ब १० करोड, विकास बैंकहरुले ८ करोड र फाइनान्स कम्पनीहरुले २ करोड ४५ लाख रूपैयाँ खर्च गरेका छन्। 

आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिमार्फत खुद नाफाको एक प्रतिशत रकम सीएसआरमा खर्च गर्नुपर्ने व्यवस्था गरेपनि  बैंक तथा वित्तिय संस्थाहरुले गत आर्थिक बर्षको विवरण मात्र राष्ट्र बैंकलाई बुझाएका छन्।  पेश गरिएको विवरणअनुसार सीएसआर शिर्षक अन्तर्गतको बजेटलाई बिभिन्न ५ शिर्षकमा छुट्याएर खर्च गरिएको छ। 

Read More
  • Financial Notices