सिटिजन्स बैंकले सुरु गर्यो स्क्यान र विथड्र सेवा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकले सुरु गर्यो स्क्यान र विथड्र सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्क्यान र विथड्र सेवा सुरु गरेको छ।

स्क्यान र विथडमार्फत चेकको बिना आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिन्छ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट दिएको छ।

यस सेवालाई देशभरीका अन्य शाखाहरुबाट समेत प्रवाह गर्ने उद्देश्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए।

यसको प्रयोगले कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिम न्यून हुने विश्वास बैंकले लिएको छ।

Read More
  • EBL Ad news