सामुदायिक विद्यालयका छात्राका लागि खाता खोल्दै नेपाल बैंक



Gorkha Patra

मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा खोलिएका त्यस्ता खातामा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ ।

चाङ्गुनारायण नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका नाममा खाता खोल्ने गरी यही भदौ २५ गते बैंक र नगरपालिकाबीच सम्झौता भएको छ । नगरपालिकाले सञ्चालन गर्न लागेको ‘बचत खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमअन्तर्गत बैंकसँग हालै भएको सम्झौतामा उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक वर्ष रु चार हजार जम्मा गरिने समझदारी भएको हो ।

सम्झौताअनुसार बैंकमा खोलिएको खातामा रकम जम्मा गर्ने झिक्नेलगायतका अन्तरबैंक सेवामा कुनै पनि शुल्क नलाग्ने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाको सिफारिसमा खोलिएका खातामा रु तीन लाखसम्मको निक्षेप बीमासमेत गरिने छ । यस प्रकारका खातामा बालिका आफँैले वा उनीहरुका अभिभावकले समेत रकम जम्मा गरिदिन सक्नेछन् ।

Read More
  • Financial Notices