काठमाडौं : एनआएन लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीको शनिबार (भदौ २० गते) विशेष साधारण सभा बस्दैछ । सभा, धनगढीको होटल साथीमा बिहान ११ बजे सुरु हुनेछ । आगामी ४ वर्षका लागि ४ जना संस्थापक र २ जना सर्वसधारण सेयरधनी गरी कुल ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ । संस्थाको नाम र ठेगना परिवर्तन गर्नका लागि नियमावली र प्रबन्धपत्र संसोधन गर्ने एजेन्डा पनि छ ।
साविकको किसान र दिव्य लघुवित्त मर्ज अनुमोदन गर्ने एजेन्डा पनि छ । एनआरएन, किसान र दिव्य लघुवित्त एक आपसमा गाभिएर असार २९ गतेबाट एकीकृत कारोबार सुरु भइसकेको छ । ३ कम्पनी एक भएपछि एनआरएन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो । एनआरएन लघुवित्तले यसअघि क्रिएटिभ र रामारोशन लघुवित्तलाई पनि आफूमा समाहित गरिसकेको छ । ...