मर्जरपछि उन्नति सहकार्य लघुवित्तको शेयर कारोबार शुरु



Aarthik Abhiyan

भदौ १४, काठमाडौं ।  मर्जर भएको करीब १३ महीनापछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार खुला भएको  छ ।

सहकार्य लघुवित्त र उन्नति लघुवित्त एक आपसमा मर्जरपछि उन्नति सहकार्य लघुवित्तको नामबाट आइतवारदेखि शेयर कारोबार खुला भएको हो । कम्पनीको प्रतिकित्ता रू. ६४६ मा खुला भएको हो । कम्पनीको शेयर मूल्य ३ दशमलव ८७ प्रतिशत वृद्धि भएर रू. ६५८ पुगेको छ । 

यो समाचार तयार पार्दासम्म उक्त कम्पनीको ८७ हजार ७६९ कित्ता शेयर खरीद अर्डर रहेको छ । गत भदौ ११ गते उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट १४ लाख ९५ हजार ३६६ दशमलव ५० कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको थियो । 

Read More
  • Financial Notices