रिलायन्स लाइफ आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न, कतिले पाउने भए सेयर ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
रिलायन्स लाइफ आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न, कतिले पाउने भए सेयर ?

काठमाडौं : रिलायन्स लाइफ इन्सुरेन्सले आइपीओको प्रि–अलोटमेन्ट कार्य सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले शुक्रबार (भदौ १२ गते) प्रि–अलोटमेन्ट कार्य सम्पन्न गरेको हो । सर्वसाधारणमा आइपीओ बाँडफाँड गनुअघि प्रि–अलोटमेन्ट गर्नुपर्छ । यसमा कति जनाले सेयर पाउने र कुन तरिकाबाट सेयर बाँडफाँड गरिने भन्ने तय हुन्छ ।

बिक्री प्रबन्धकका अनुसनर यो आइपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन दिएका छन् । जसमा १ हजार ९५५ जनाको आवेदन रद्द भएको छ । यसआधारमा बाँकी रहेका ५ लाख ८७ हजार ५०९ जनालाई गोलाप्रथाबाट सेयर बाँडफाँट गरिने छ । जसमध्ये ५ लाख ६७ हजारले १० कित्ताका दरले सेयर पाउने छन् । २० हजार ५०९ जना भने सेयर पाउनबाट बञ्चित हुनेछन् ।  ...

Read More
  • MBL