काठमाडौं । गुडविल फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २८.८९ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १५ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ८.७९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २४ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष बढाएर २७ करोड १२ लाख रुपैयाँ पुर्याएको छ । यता, समीक्षा अवधिमा सञ्चालन नाफा भने १७ करोड ४४ लाख रुपैयाँबाट घटेर १५ करोड ३ लाख रुपैयाँमा सिमित भएको छ । ...








