बीओकेको संस्थापक सेयर लिलामी भर्ने समय थप, अब कहिलेसम्म पाइन्छ ?



Nepali Paisa

काठमाडौं : बैंक अफ काठमान्डूको संस्थापक सेयर लिलामीमा आवेदन दिने म्याद थप गरिएको छ । अब भदौ १५ गतेसम्म यसमा आवेदन दिन पाइने भएको छ । यसअघि भदौ ८ गतेसम्म अन्तिम म्याद तोकिएको थियो ।काठमाडौं उपत्याकामा भदौ ३ गतेबाट १० गतेसम्म अत्यावश्यक वाहेक अन्य सेवाहरु बन्द गरिएकाले म्याद थप थरिएको बैंकको भनाई छ । यसअघि बैंकले भदौ १ गतेबाट भदौ ८ गतेसम्मको समय तोकेर ३ लाख १६ हजार १५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो  ।

तर अब भदौ १५ सम्म आवेदन दिन पाइनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

Read More
  • Financial Notices