छिमेक लघुवित्तद्वारा कोरोना कोषमा १ करोड ३१ लाख आर्थिक सहयोग



Financial Notices

छिमेक लघुवित्त वित्तीय संस्था लिले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी नेपाल सरकारलाई रु. १ करोड ३१ लाख ९२ हजार ३ सय २३ रुपैंया २३ पैसा आर्थिक सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तमा बाँकी रहेको उक्त रकम हस्तान्तरण गरेको हो ।

आज आयोजित एक समारोह बीच संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री चोलराज शर्मा जोशीले माननीय अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गर्नु भएको हो । सोही समारोहमा वित्तीय संस्थाका सहायक महाप्रवन्धक श्री दिलिप कुमार श्रेष्ठ र बरिष्ठ विभागिय प्रमुख श्री दिपक पाण्डेको पनि उपस्थिती रहेको थियो । 

वित्तीय संस्थाले यस अघि पनि गत चैत्र १९ मा नेपाल सरकारले खडा गरेको कोरोना संक्रमण तथा नियन्त्रण कोषमा रु.२५ लाख प्रदान गरेको थियो । संस्थाले विभिन्न स्थानीय निकायहरुले कोरोना भाइरस रोकथामका लागि स्थापना गरिएका क्वारेन्टिन ब्यवस्थापनका लागि सञ्चालक समितिबाट थप रु.२० लाख स्वीकृत गरी उक्त रकम शाखा कार्यालयहरु मार्फत पनि आर्थिक सहयोग गरेको छ । यस कोषको रकमबाट नेपालका गरिब, विपन्न तथा आर्थिक हिसावले कमजोर तथा सामान्य सुविधाको अवसरबाट बन्चित परिवारलाई यस कोभिड–१९ को संक्रमणबाट जोगाई सरल र सहज रुपमा स्वास्थ्य सेवा पाउनेछन् भन्ने अपेक्षा यस वित्तीय संस्थाले राखेको छ । 
 

Read More
  • Financial Notices