माछापुच्छ्रे बैंकमा चार्टड एकाउन्टेन्टलाई बीना धितो १५ लाख ऋण


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
माछापुच्छ्रे बैंकमा चार्टड एकाउन्टेन्टलाई बीना धितो १५ लाख ऋण

नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited बीच एक्यानमा आवद्ध सदस्यहरुलाइ बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १५९ शाखाबाट बिना धितोमा १५ लाख सम्मको प्रोफेश्नल कर्जा ब्याज दर ९.७५५० प्रदान गरिने बैंकले जनाएको छ। 

सम्झौतापत्रमा संघको तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्ले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे। सम्झौताअनुसार संघका २४०० सदस्यहरुलाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवा प्रदान गर्नेछ।

सम्झौतापछि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सघंका सदस्यहरुलाई बैंकले निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहमा बिशेष सहुलियत प्रदान गर्नेछ । 

Read More
  • MBL