एनआरएन इन्फ्रास्टक्चर आइपीओ बाँडफाँट, हेर्नुहोस् तपाईलाई कति कित्ता पर्याे ।



Financial Notices

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ । IPO को नतिजा यसमा Click गरी हेर्न सकिन्छ आइपीओमा ३ लाख २० हजार ६१४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ९७ हजार ३४४ लाख १२ हजार जनाको हात खाली भएको छ । 

यस आइपीओमा ४ लाख १८ हजार ९१८ जनाले १ करोड ५३ लाख कित्ताका लागि  कुल १ अर्ब ५३ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । जस मध्य ४ लाख १७ हजार ९५८ जना योग्य आवेदकको संख्या रहेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कम्पनीले साउन १६ गतेबाट २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्कासन गरेको हो । कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । यसैगरी, २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यसबाट बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो । 

आईपीओको नतिजा हेर्नको लागि तलको "Read More" Button मा गरी वा फाइनान्सीयल नोटिसेस्को मोबाईल एप्स Android or iOS बाट पनि हेर्न सकिन्छ ।

Read More
  • Financial Notices