एनआरएन इन्फ्रास्टक्चरको आइपीओ मंगलबार बिहान ९ बजे बाँडफाँट हुने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनआरएन इन्फ्रास्टक्चरको आइपीओ मंगलबार बिहान ९ बजे बाँडफाँट हुने
काठमाडौं : एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको आइपीओ अन्ततः मंगलबार (साउन २७ गते) नै बाँडफाँट हुने भएको छ । यो आइपीओ मंगलबार बिहान ९ बजे बाँडफाँट हुने कार्यक्रम तय भएको छ । नियामक नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मंगलबार नै आइपीओ बाँडफाँट गर्न लागिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कोरोनाका कारण सामूहिक भेला नगरी बाँडफाँट गरिने बिक्री प्रबन्धकले जनाएको छ । सानिमा क्यापिटलको फेसबुक पेजबाट बाँडफाँटको लाइभ देखाइनेछ । यस आइपीओको बिहीबार प्रीअलोटमेन्ट कार्य सम्पन्न भइसकेको छ । 
 
एनआरएनको आइपीओमा कुल १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँको आवेदन परेको छ । ४ लाख २८ हजार १५३ जनाले १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ३१ लाख ६० हजार १८३ कित्तालाई आधार मान्दा ५.२४ गुणा बढी आवेदन हो । यसमा मागभन्दा बढी आवेदन परेकाले सेयर पाउन भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट गर्दा ३ लाख १६ हजार १८ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी १ लाख १२ हजार  भन्दा धेरै जनाको भने हात खाली हुनेछ । 
 

...

Read More
  • MBL