कुमारी बैंकमा भत्ता बुझ्नेको उदेकलाग्दो भिड, ब्रान्च मेनेजर भन्छन् - 'भनेकै मान्दैनन्...'



Artha Sarokar

धनगढी । धनगढी उपमहानगरपालिका वडा नं. ८ मा रहेको कुमारी बैंक लिमिटेड को क्याम्पस चोक शाखामा अत्याधिक भिड देखिएको छ । कोरोना महामारीको समयमा पनि उक्त भिड किन ? भन्ने जिज्ञासा सहित अर्थ सरोकारको टिम उक्त क्षेत्रमा पुग्दा उदेक लाग्दो भिडमा सबैजना सामाजिक सुरक्षा भत्ता लिने रहेका थिए । 

बिहानदेखि बुवाको सामाजिक सुरक्षा भत्ता लिनका लागि कुमारी बैंकको क्याम्पस चोक शाखामा पुगेका धनगढी उपमहानगरपालिका वडा नम्बर १० बस्दै आएका गोपि रानाले निकै समस्या रहेको गुनासो गरे । उनले भने, 'कोरोना संक्रमणको जोखिमकै बाबजुत पनि लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।' बिहान ८ बजे नै लाइनमा बस्नका लागि बैंकमा पुगेकी ७० वर्षिया खिमादेवी सुनारले वडा कार्यालयबाटै पाउने सेवा शुल्क बैंकले दिने भन्ने निर्णय गरेपछि बैंक पुगेको बताईन । 'सबै व्यापार तथा आम्दानिको बाटो बन्द भएपछि सामाजिक सुरक्षा भत्ता कै आश लाग्छ, कोरोनाको जोखिम भएपनि अन्य विकल्प नहुँदा लाईनमा बसेको छु', सुनारले भनिन् । ...

Read More
  • Financial Notices