सुनको चक्कीसिहत भारत छिर्न खोज्दा पक्राउ


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सुनको चक्कीसिहत भारत छिर्न खोज्दा पक्राउ

विराटनगर : भारत लैजान खोजिएको २३ लाख ७१ हजार मूल्य बराबरको अवैध सुनसहित विराटनगर महानगरपालिका–१६ दरैया बस्तीबाट सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा विराटनगर–१७ का ५६ वर्षीय श्यामलसेन गुप्ता रहेका छन् । सशस्त्र प्रहरी बल बीओपी बखरीको टोलीले गुप्ताको साथबाट २६७ ग्राम सुनको चक्की बरामद गरेको छ । दरैया हुँदै सुन भारत कटाउन लागेको अवस्थामा उनी पक्राउ परेका हुन् । 

सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलले लकडाउनको समयमा नेपालबाट भारततर्फ जान लागेको पाइएपछि शंका लागेर चेकजाँच गर्दा अवैध सुन बरामद भएको जानकारी दिए । पक्राउ परेका गुप्तालाई आवश्यक कारबाहीका लागि सशस्त्रले आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ । ...

Read More
  • MBL