‘हेजिङसम्बन्धी नियमावली भदौसम्ममा संशोधन’


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
‘हेजिङसम्बन्धी नियमावली भदौसम्ममा संशोधन’

हेजिङको जिम्मा कसलाई दिने भन्नेमा अझै अन्योल

काठमाडौं । विदेशी मुद्रामा लगानी गर्नेहरूलाई विनिमय दरबाट हुने जोखिम नियन्त्रण गर्न ल्याइएको ‘हेजिङसम्बन्धी नियमावली, २०७५’ को संशोधन भदौसम्ममा टुंगो लाग्ने भएको छ । तर, यसको जिम्मा कसलाई दिने भन्ने अझै टुंगो लागेको देखिँदैन ।

विदेशी मुद्रा र नेपाली रुपैयाँबीच विनिमय दर घटबढबाट हुने लगानीकर्ताको जोखिम घटाउन हेजिङका लागि विसं २०७५ माघ अन्तिम साता नियमावली ल्याइएको थियो । तर, व्यवसायीहरूले नियमावली अस्पष्ट र चित्तबुझ्दो नभएको गुनासो गर्दै आएपछि राष्ट्र बैंकले संशोधनका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

संशोधन मस्यौदाको तयारीमा समय लागेकाले केही ढिलाइ हुन गएको अर्थ मन्त्रालयको भनाइ छ । आगामी भदौसम्ममा संशोधनको काम सकिने अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । ‘अर्थ मन्त्रालयले सरोकार पक्षसँग छलफल गरेर मस्यौदा तयार पारिसकेको छ । अब मन्त्रिपरिषद्बाट निर्णय आउन बाँकी छ । संशोधनको काम भदौसम्ममा सकिनेछ,’ उनले भने ।

पहिलोपटकको नियमावलीमा हेजिङको शुल्क अर्थ मन्त्रालयले तोक्ने भन्ने उल्लेख भएकोमा नेपाल राष्ट्र बैंकले यो सम्भव नहुने तर्क गर्दै आएको थियो । विदेशी मुद्राको दर दिनप्रतिदिन वा एकैछिनमा फरक भइरहने भएकाले हेजिङ शुल्क तत्कालै वा रियल टाइममा तोक्नुपर्नेबारे राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै आएको थियो । नियमावलीमा यस्तो शुल्क निर्धारण गर्दा अर्थ मन्त्रालयसँग लगानीकर्ता कम्पनीलगायत सरोकारवालाको सम्झौतामा हुने भन्ने थियो । तर, यो प्रक्रिया झन्झटिलो भएको सरोकारवालाको भनाइ छ । ‘यस्तो लामो प्रक्रिया अपनाउँदा विनिमयदरमा परिवर्तन भइसक्छ । यसकारण शुल्क तोक्ने जिम्मा राष्ट्र बैंकलाई दिए बोर्डको निर्णयअनुसार कर्मचारीहरूले प्रणालीगत रूपमा निर्धारण गर्न सक्छन् भनेका थियौं । तर, अर्थ मन्त्रालयले शुल्क तोक्ने जिम्मा कसलाई दिन्छ थाहा छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो । ...

Read More
  • MBL