काठमाडौं । नेपाल बैंकले नेपालको बैंकिङ बजारको सबैभन्दा कम ब्याजदरमा घरकर्जा दिने भएको छ । बैंकले बजारको माग र चाहना बमोजिम ५ वर्षका लागि ७.९९ प्रतिशत ब्याजदरमै कर्जा दिने भएको हो ।
योजनामा घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा छ । यसको अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्ध व्यवसाय कर्जा-घडेरी कर्जा योजना पनि ल्याएको छ ।








