ग्लोबल आइएमई बैंकको एटिएम सेवा उदयपुर जिल्ला अदालत कार्यालय परिसरमा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकको एटिएम सेवा उदयपुर जिल्ला अदालत कार्यालय परिसरमा

ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ। यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ।

उक्त एटिएम सेवा उदयपुर जिल्ला अदालतका न्यायधीशद्वय दिपक खनाल र मनोज केसीले संयुक्तरुपमा उद्धघाटन गरे।
बैंकले बोक्सेस्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो।

बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६ वटा एटिएम, २०१ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क/प्रतिनिधि कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

Read More
  • EBL Ad news